सांसदकै निवासबाट लाखौँका गरगहना चोरी - Crazysaptahik.com

सांसदकै निवासबाट लाखौँका गरगहना चोरी


क्रेजी साप्ताहिक । काठमाडौँमा एक सांसदको निवासबाट लाखौं रुपैयाँ बराबरको नगद तथा गरगहना दिनदहाडै चोरी भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित निवासबाट नगद र गरगहना चोरी भएको हो । काठमाडौ महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका सांसद गौतम संखुवासभाबाट निर्वा्चित प्रतिनिधिसभा सांसद हुन् ।

सूचनाविभाग नजिकै सांसद गौतम बस्ने घरमा बिहीबार दिउँसो ३ बजेदेखि ४ बजेको समयमा चोरी भएको प्रहरीले जनाएको छ । घरको ढोका फोरेर कोठाभित्र रहेको नगद तथा गरगहना चोरी भएको सांसद गौतमले बताए । उनका अनुसार २ तोला ५ आना बराबरका सुनका गहना (६ आनाको औठी, ५ आनाको टप, ५ आनाको तिलहरी र १ तोलाको मंगलसुत्र ) चोरी भएको छ । त्यस्तै चाँदीको २१ तोलाको थाली, २.५ तोलाको दियो तथा नगद एकलाख १५ हजार गरी ३ लाख १९ हजार रुपैयाँ बराबर चोरी भएको छ ।

सांसद गौतमको घर चोरी भएपछि बिहीबारै महानगरीय प्रहरी बृत्त तीनकुने र नेपाल प्रहरीको सिआइवी टोली घटनास्थल पुगेर मुचुल्का तयार पारेर आवाश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । बृत्तका प्रमुख डिएसपी दुर्गाराज गौतमले घटनाबारे प्रहरीले आवाश्यक अनुसन्धान थालिसकेको भन्दै चोर पत्ता लगाएरै छाड्ने दावी गरे । यता ,सांसद गौतमले तत्काल अनुसन्धान गरी चोर पहिचान गर्नुपर्ने भन्दै शान्ति सुरक्षा थप मजबुत पार्न सुझाव दिए । उपत्यकामा दिनदहाडै त्यसमाथि सांसदकै कोठा चोरी हुनुले उपत्यकाको शान्ति सुरक्षामाथि प्रश्न उठेको छ ।

सम्बन्धित खवर