आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ - Crazysaptahik.com

आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ

क्रेजी साप्ताहिक । आफ्नै ६ वर्षीया नाबालिका छोरी बलात्कार गरेको आरोपमा धरानमा एक व्यक्ति पक्राउ परेका छन् । कात्तिक १३ गते नाबालिका छोरीलाई उनले आफ्नै कोठामा बलात्कार गरेका थिए । छोरीलाई बलात्कार गरेको थाहा भएपछि नाबालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

भोजपुर घर भई हाल धरान – १७ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय बाबुले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले बताए । पक्राउ परेका उनीमाथि जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रमुख न्यौपानेले बताए ।

सम्बन्धित खवर