क्रेजी साप्ताहिक । आज विहानै भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि छुटेको ना ४ ख ६१८१ नंबरको बस डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । घटनामा करिब ३० जना घाइते भएको अनुमान प्रहरीले गरेको छ । घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक केवी वोहराले जानकारी दिए । ४० जना यात्रु सवार उक्त बस सडकबाट करिब ४० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ