खसी माग्ने कोहलपुरका डीएसपीविरुद्ध तरुणले प्रदर्शन गर्ने - Crazysaptahik.com

खसी माग्ने कोहलपुरका डीएसपीविरुद्ध तरुणले प्रदर्शन गर्ने


क्रेजी साप्ताहिक । खसी नदिदा फसाएको आफ्ना नेतालाई फसाएको भन्दै नेपाल तरुण दल बाँकेले ईलाका प्रहरी कार्यालय कोहलपुरका ईञ्चार्ज एवम् डीएसपी हेमबहादुर शाहीको हर्कतको विरोधमा चक्का जामको कार्यक्रम घोषणा गरेको छ । तरुण दलले शनिबार बिहान ११ बजे कोहलपुरको चौराहमा चक्का जामको कार्यक्रम गर्ने भएको हो ।

डीएसपी शाहीले नेपाल तरुण दलका नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजंग शाहसहित छ जनालाई हतियार राखेको अभियोग लगाउँदै पक्राउ गरेको र खसी माग्दा नपाएको झोँकमा तिघ्रा छेड्ने भनेर दिएको धम्कीको विरोधमा तरुण दलले चक्का जामको घोषणा गरेको हो ।

चक्का जामको कार्यक्रममा सहभागी हुन नेपाल तरुण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्काले जानकारी दिएका छन् ।डीएसपी शाहीले दशैँमा तरुण दलले खसी नदिएको झोँकमा गोली हानेर तिघ्रा छेड्ने धम्की दिएको अडियो सार्वजनिक भएपछि आलोचना भएको छ ।

सम्बन्धित खवर