मल्ललाई ट्वीटरमा प्रधानमन्त्रीको बधाई - Crazysaptahik.com

मल्ललाई ट्वीटरमा प्रधानमन्त्रीको बधाई

नेपाली क्रिकेट टिमका नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । उपचारपछि बिहीबार साँझ ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।

करिब १० वर्षसम्म कप्तानको भूमिकाबाट पारस खड्का बाहिरिएपछि मल्लले नयाँ कप्तानको भूमिका पाएका हुन् । ‘नेपाली क्रिकेट टोलीको कप्तान छानिनु भएकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु’, प्रधानमन्त्रीले भनेका छन्, उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वास सहित शुभकामना व्यक्त गर्दछु ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.