क्रेजी साप्ताहिक
विराटनगर । महानगरपालिकावासीको समृद्धि र विकासको कामना गर्दै महानगर प्रमुख भीम पराजुलीले यस वर्ष पनि सडकमा दण्डप्रणाम गरेका छन् ।
शनिबार बिहान साँढे १० बजे स्थानीय शिवपाञ्चायन मन्दिरबाट सुरु भएको उनको यात्रा साँझ ५ बजेसम्म सिंघीया जलाशय पुगेर टुंगिने पराजुलीको अनुमान छ ।
सडकमा दण्डप्रणाम गर्दै जलाशयसम्म पुग्नुलाई छठ पर्वको सबैभन्दा कठिन ब्रत मानिन्छ । यो ब्रत बस्दा मनले चिताएको पूरा हुने विश्वाससहित विगत १५ वर्षदेखि यो प्रक्रियालाई निरन्तरता दिँदै आएको उनले बताए ।
उनको यसपालीको मनकामना महानगरवासीको समृद्धि, विकास र शान्ति सुरक्षा बताएका छन् । यो उनको १५ औ दण्डप्रणाम यात्रा हो । उनलाई यस पटक पत्नी रञ्जीता र भतिजा प्रमेशले साथ दिएका छन् ।