झापामा हात्ती धपाउन थापिएको तारमा करेन्ट लागेर २ जनाको मृत्यु - Crazysaptahik.com

झापामा हात्ती धपाउन थापिएको तारमा करेन्ट लागेर २ जनाको मृत्यु

क्रेजी साप्ताहिक
झापा । झापाको बुद्ध शान्ति गाउपालिकामा हात्ती धपाउन थापिएको नाङ्गो तारमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

बुद्ध शान्ति गाउँपालिका–४ मा अवस्थित नवज्योति सामुदायिक वन भित्र रहेको पानीको खोल्सीमा हात्ती धपाउन थापेको नाङ्गो बिजुलीको तारमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्थानका स्थानीय बर्ष १८ को अभिनास राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ घर भई बुद्ध शान्ति गाउँपालिका–४ मा अवस्थित पेरीश राईको घरमा पाहुना आएका बर्ष ३८ को मणिराम राई रहेको प्रहरीले जनाएको छ ।

घटनाबारेमा स्थानीयवासीले शनिबार ईलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी आएको र घटनास्थलमा तत्काल प्रहरीको टोली परिचालन भएको र घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले बताएको छ ।

सम्बन्धित खवर