रुखबाट लडेर एक जनाको मृत्यु - Crazysaptahik.com

रुखबाट लडेर एक जनाको मृत्यु

क्रेजी साप्ताहिक । रुखबाट लडेर नलगाड नगरपालिका ७ दल्लीका खम्ब खत्रिको मृत्यु भएको छ । शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका ४२ वर्षिय खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सदरमुकाम ल्याइएको थियो । गएराति नै उनको उपचार हुन नपाउँदै मृत्यु भएको हो ।

सम्बन्धित खवर