बार्सिलोनाको लज्जास्पद हार - Crazysaptahik.com

बार्सिलोनाको लज्जास्पद हार

काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लज्जास्पद हार ब्यहोरेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोली लेभान्टेले बार्सिलोनालाई ३–१ गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा लिएको एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोनाले दोस्रो हाफमा तीन गोल खाँदै हार बेहोरेको हो ।

खेलको ३८ आंै मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा तीन गोल खान पुग्यो । जोस कम्पानाले खेलको ६१ औं मिनेटमा गोल गर्दै लेभान्टेलाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।

६३ औं मिनेटमा बेरजा मेयराल र निमन्जा राडोजाले ६८ औं मिनेटमा गोल गर्दै लेभान्टेलाई ३–१ गेलको जित दिलाए ।

सम्बन्धित खवर