शेरबहादुर देउवाको नाम जोडेपछि विवादमा चलचित्र ‘घामड शेरे’ - Crazysaptahik.com

शेरबहादुर देउवाको नाम जोडेपछि विवादमा चलचित्र ‘घामड शेरे’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पार्टी कार्यालयमा खिचिएको आक्रोशित मुद्राको फोटो चलचित्र ‘घामड शेरे’ को पोस्टरसँगै जोडेपछि निर्देशक आसिफ शाह विवादमा फसेका छन ्।

यही शनिबारबाट रिलिज हुन लागेको ‘घामड शेरे’चलचित्रको पोस्टरसँगै जोडेर कलाकार समेत रहेका शाहले शुक्रबार एउटा फेसबुक पोस्ट गरेपछि शाह कांग्रेसको कार्यकर्ताको तारो बनेका हुन् ।

शाहको उक्त पोष्टलाई लिएर कांग्रेसका भातृ संगठन नेविसंघ र तरुण दलले कडा आपत्ति जनाएका थिए । उनीहरुले शाहले सार्वजनिक रुपमा माफी माग्नु पर्ने भन्दै विरोध गरिहेका छन् ।

शाहले देउवाको फोटो जोडेर कुनै व्यक्ति या संगठनलाई अपमानित गर्न नखोजेको भनेर माफी मागिसक्दा पनि नेविसंघका कार्यकर्ताहरुले सुदूरपश्चिममा ‘घामड शेरे’ फिल्म नै चल्न नदिने उर्दी जारी गरेका हुन् । उनीहरुले आफ्ना सभापतिको अपमान गरेको भन्दै ‘घामड शेरे’ चलचित्रलाई देउवाको गृहप्रदेशमा चल्न नदिने चेतावनी र उर्दी जारी गरेका हुन् । तर शाहले उक्त पोस्ट बारेमा सार्वजनिक रुपमा माफी नै मागिसकेका छन् ।

‘कुनै व्यक्ति या संस्थाप्रति चोट पुर्याउने मेरो उद्देश्य होइन’, उनले भनेका छन्, र, कुनै पनि राजनीति दलमा आवद्ध नरेको पनि जानकारी गराउन चहान्छु । मैले केवल ठट्टा मात्रै गरेको हुँ । यदि मेरो कारण चोट पुगेको भए मेरोतर्फबाट क्षमायाचना स्वीकार गरिदिनुस् ।’

–थाहा खबर

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.