गुगलले ल्यायो पेपर फोन, मोबाइलको लत छुट्छ कि ! - Crazysaptahik.com

गुगलले ल्यायो पेपर फोन, मोबाइलको लत छुट्छ कि !

अहिलेको समयमा स्मार्टफोन दैनिक जीवनयापनको अभिन्न हिस्सा बनिसकेको छ । मोबाइलले मानिसको दैनिकीमा लगातार प्रभाव बढाइरहेको छ ।

धेरै मानिसहरु स्मार्टफोनको लतमा समेत फस्दै गएका छन् र यसले विकराल रुप लिँदै गएको विभिन्न अनुसन्धानहरुबाट पनि पुष्टि भैसकेको छ । अझ डरलाग्दो कुरा त के भने आफु मोबाइलको लतमा फसेको कुरा धेरै मानिसलाई पत्तै हुँदैन । तर गुगलले एउटा खुसीको खबर ल्याएको छ । मोबाइलको लतमा फसेकाहरुका लागि लत छुटाउन गुगलले कागजी फोन तयार गरेको छ ।

गुगलका अनुसार यो पेपर फोन एक प्रकारको परीक्षण हो, जसले मानिसहरुलाई डिजिटल डिटक्सका लागि सहयोग गर्नेछ । गुगलले भनेको छ, हामीलाई विश्वास छ कि यो सानो परीक्षणले तपाइँहरुलाई प्रविधिको लतबाट छुटकारा दिलाउन अर्थात् डिजिटल डिटक्समा सहयोग गर्न सक्नेछ । यसबाट तपाइँ आफ्ना अन्य महत्वपूर्ण काममा केन्द्रित हुन सक्नुहुनेछ ।’

के हो पेपर फोन ?
गुगलले आफ्नो एक ब्लग पोष्टमा बताए अनुसार पेपर फोन एउटा ओपन सोर्स एप हो, जुन हाल परीक्षणमै रहेको छ । यसले प्रयोगकर्तालाई स्मार्टफोनको लत छुटाउन सहयोग गर्दछ ।

यो एपका लागि कोड न्ष्तजगद मा उपलब्ध छ । स्मरण रहोस् गिटहब माइक्रोसफ्टको सहायक कम्पनी हो र विश्वका सबैभन्दा ठूलो मध्येको एक सफ्टवेयर डेभलपमेन्ट प्लाटर्फम हो ।

यो एपमा तपाईंले आफ्ना आवश्यकताका चिजहरुको अभिलेख राख्न सक्नुहुन्छ, जस्तै फोन नम्बर, नक्शा इत्यादि । तपाईंलाई त्यसमा रहेका जुन चिजको आवश्यकता पर्दछ, पेपर फोन एपले त्यसलाई प्रिन्ट गरिदिन्छ र तपाइँले फोन हेरिरहनु पर्ने आवश्यकता पर्दैन ।

यसको मुख्य उद्देश्य भनेकै प्रयोगकर्तालाई मोबाइलको स्क्रिनबाट टाढा राख्नु र धेरै भन्दा धेरै काम कागजको सहयोगमा गर्ने कार्यलाई बढावा दिनु नै हो ।

डिजिटल दुनियाबाट विश्राम
गुगलले यस बारेमा थप प्रष्ट पार्दै भनेको छ, ‘धेरै मानिसहरुलाई आफूले फोनमा धेरै समय बिताइरहेको महसूस त हुन्छ तर टेक्नोलोजीसँग सन्तुलन मिलाउन चाहिँ सकिरहेका हुँदैनन् ।

पेपर फोनले तपाईंलाई तपाईंको आवश्यकता अनुसार व्यक्तिगत पुस्तिका नै प्रिन्ट गरेर उपलब्ध गराउँदछ, जसका कारण तपाईं डिजिटल दुनियाबाट टाढा रहन सक्नुहुनेछ ।’

डिजिटल स्वास्थ्य
यद्यपि डिजिटल डिटक्सका लागि गुगलले गरेको यो पहिलो प्रयास चाहीँ होइन । एन्ड्रोइड अपरेटिङ सिस्टममै डिजिटल वेल बिइङ फिचर उपलब्ध छ । त्यसको उद्देश्य नै प्रयोगकर्ताहरुलाई आफ्नो डिभाइसमा कमभन्दा कम समय बिताउन प्रेरित गर्नु हो ।

सम्बन्धित खवर