क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे—१ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको १० औ वार्षिक साधारण सभाको वक्ताहरुले तेहेरो कर विरुद्ध आन्दोलित हुनुपर्ने बताएका छन् ।
सोमबार आयोजित सभामा पथरीशनिश्चरे नगरपालिका वडा नम्बर—१ का अध्यक्ष बाबुराम एङ्देन लिम्बू(वडा सरकार प्रमुख)ले सामुदायिक वनलाई संघीय र केन्द्र सरकारले लगाएको तेहेरो कर विरुद्ध आन्दोलनमा उत्रिनु जायज भएको बताएका थिए । वडा अध्यक्ष लिम्बूले वनमा लगाइन्दै आएको कर स्थानीय सरकारले मात्र लिन पाउनु पर्ने व्यवस्था गरिनुपर्ने बताएका हुन ।
संघीय राज्य व्यवस्था कायमहुनु अघि संघ सरकाले साल र खयरमा उपभोक्ता बाहिर वेचिने काठमा मात्र १५ प्रतिशत मात्र कर लगाउदै आएका थिए । प्रदेश सरकार गठन भएपछि प्रदेशमा कुकाठमा १५ र स्थानीय सरकारमा १० प्रतिशत कर तिर्नुपर्ने कानून बनेपछि सामुदायिक वन उपभोक्ताहरु आन्दोलितहुदै आएका छन् । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघको १ नम्बर प्रदेश सचिव अग्नि पौडेल, मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राई, पथरीशनिश्चरे नगर अध्यक्ष रविन राई लगायतले तेहेरो कर नहटाए आन्दोलनमा जाने चेतावनी दिएका थिए ।
मनकामना सामुदायिक वन समूहको अध्यक्ष उदयबहादुर राई (दिनेश)को सभापतित्वमा भएको कार्यक्रम सचिव अमृता राईले सञ्चालन गरेका थिए । कार्यक्रममा समूहको आर्थिक तथा प्रगति विवरण प्रस्तुतपछि पास गरेका थिए । वृद्धाबृद्धा उपभोक्ताहरुलाई सम्मान, छिमेकी समुदायिक वन समुदायका पदाधिकारीहरुलाई गमलामा विरुवा र अथितिहरुलाई विभिन्न प्रकारको ट्रफी मायाको चिनो स्वरुप प्रदान गरिएको थियो । कार्यक्रममा गीत तथा नृत्य प्रस्तुत भएको थियो ।ख