भारतघद्धारा नेपालगन्जस्थित जमुनाह नाका बन्द - Crazysaptahik.com

भारतघद्धारा नेपालगन्जस्थित जमुनाह नाका बन्द


क्रेजी साप्ताहिक । नेपालगन्जस्थित जमुनाह नाका भारतले बन्द गरेको छ । आज बिहान ६ बजेदेखि सो नाका बन्द भएपछि नेपालबाट भारत जानका लागि हिडेका ठूलो संख्यामा नेपालीहरु नाकामा रोकिएका छन् । भारतमा लामो समयदेखि अयोध्याको राम मन्दिर र बाबरी मस्जिदको विवाद कायम छ । शनिबार भारतको सर्वोच्च अदालतले यसबारे फैसला सुनाउँदैछ । यसैका कारण नाका सिल गरेको भारतीय पक्षले जनाएको छ । भारतबाट नेपालतर्फ आउने पैदलयात्रीलाई प्रवेश दिइएको भएपनि कुनै सवारी साधन चल्न दिइएको छैन् ।

शनिबार बिहान नाकामा आइपुगेको दिल्ली(नेपालगन्ज चल्ने ना ६ ख २९४८ नम्बरको नेपाल(भारत मैत्री बसलाई यात्रु ओरालेर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ । नाका बन्द हुँदा नेपालबाट सीमावर्ती बजार रुपैडिया हिडेका सर्वराधारण, नेपालमा चाडपर्व मानेर भारत काममा फर्किएकाहरु लगायत ठूलो संख्यामा भारत हिडेका यात्रु अलपत्र परेका छन् ।

बिहान ६ बजेदेखि नाका बन्द गरिएको इलाका प्रहरी कार्यालय जमुनाहले जानकारी दिएको छ। अदालतले फैसला सुनाएपछि मात्रै नाका खोल्ने भारतीय पक्षले जानकारी दिएको र फैसला कतिबेला आउने र नाका कति बेला खुल्छ भन्नेबारे यकीन नभएको प्रहरीको भनाइ छ ।

अन्नपूर्ण पोष्टबाट

सम्बन्धित खवर