क्रेजी साप्ताहिक
पथरी । भारतले जारी गरेको नया नक्साको विषयलाई लिएर मोरङको पथरीशनिश्चरेका युवाहरुले भारतका प्रधानमन्त्रि नरेन्द्र मोदिको पुत्लाका साथै भारतको नक्सा जलाएका छन् ।
तरुण दलका नगर सभापति सन्तोष कटवाल र नेविसंघका केन्द्रिय नेता सुविन पराजुलिको नेतृत्वमा भएको सो कार्यक्रममा संयौ युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका संयोजक सुविन पराजुलिले राजनैतिक आस्थाभन्दा माथि उठेर सम्पूर्ण नेताकार्यकर्ताहरुले देशको भौगोलिक समस्याका बारेमा एक भएर अगाडी बढृनुपर्ने बताए । कार्यक्रममा बोल्ने सबै बक्ताहरुले पाटिभन्दा माथि उठेर राष्ट्रिय मुद्धामा सरिक हुन युवाहरुलाई आहवान गरेका थिए ।