सवारी दुर्घटनामा परि सुन्दरहरैचाका युवकको मृत्यू - Crazysaptahik.com

सवारी दुर्घटनामा परि सुन्दरहरैचाका युवकको मृत्यू


क्रेजी साप्ताहिक । मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा हिजो भएको सवारी दुर्घटनामा परी एक युवतको मृत्यू भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका – ८ का १९ वर्षिय बालकुमार पुरी रहेका छन् ।

पूर्व पश्चिम राजमार्गको सुन्दरहरैचा खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ९ प ३३०० मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको को २५ प ९४५१ को मोटरसाइकल एकआपसमा ठोक्कीएको थियो । दुर्घटनामा घाईते भएका उनलाई उपचारको लागि बिराट नर्सिङ होम विराटनगर भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित खवर