कालापानी माग्नेलाई प्रहरीद्धारा लाठीचार्ज - Crazysaptahik.com

कालापानी माग्नेलाई प्रहरीद्धारा लाठीचार्ज

क्रेजी साप्ताहिक । नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा पारेको विरोधमा आज काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा एक दर्जनभन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ परेका छन् ।

राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई लाठी चार्ज गर्दै नियन्त्रणमा लिएको हो । गत शनिबार भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समेटेर जारी गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । प्रर्दशनकारीले विरोध प्रदर्शनमा राष्ट्रिय झण्डा बोकेर समेत आएका थिए ।रातोपाटीबाट

सम्बन्धित खवर