क्रेजी साप्ताहिक
धरान । निर्वाचन आयोगले उप निर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि प्रदेश नं १ को धरान उपमहानगर पालिकाको रिक्त प्रमुख पदको लागि मुख्य राजनैतिक दल नेपाली कांग्रेस, एमालेसँगै संघीय लोकान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, समाजवादी पार्टी र स्वतन्त्र उम्मेद्वारहरुको चहल पहल ह्वात्तै बढेको छ ।
नेपाली कांग्रेसले सर्व सम्मत ढंगले नगर सभापति तिलक राईलाई उमेद्वार बनाएको छ भने पूर्व एमाले र माओवादी समयोजन पछि बनेको नेकपा भित्र उमेद््वार छनौटका विषयमा लामो रस्साकस्सी पछि अन्तत ः प्रकाश राईलाई उमेद्वार घोषणा गरेको छ ।
संघीय लिम्बुवान मञ्चले सुनसरी जिल्ला अध्यक्ष अमर इजमलाई र समाजवादीले गजेन्द्र इस्वोलाई उमेद्वारका रुपमा अगाडि सारेको छ । दलीय नेतृत्वले धरानको विकास गर्न नसकेको, धरानको भविष्यलाइ नै अन्यौलतातर्फ धकेलेको भन्दै जन सरोकार मञ्चको अगुवाइमा हर्क साम्पाङ्ग राईले स्वतन्त्र उमेद्वारका रुपमा चुनावी गतिविधि अगाडि सार्नु भएको छ ।
उमेद्वारीको टुंगो लागेसंगै धरानमा चुनावी प्रचारप्रसारलाई समेत तिब्रता दिन थालिएको छ । धरानका २० वटै वडाका मतदाताका घरघरमा उमेद्वारहरु आफूलाई मतदान गर्न आग्रह गर्दै पुग्न क्रम जारी छ ।
२० वडामध्ये अहिले दलहरुले धरानका पिछडिएका वडा धरान २० विष्णुपादुका, धरान ४ शिवजट्टा, धरान ६ मानबारीलाई बढी लक्षित गरी घरदैलोलाई तिब्रता दिन थालेका हुन् । २०१५ सालदेखि नै कम्युनिष्टले जित्दै आएका धरान उपमहानगरपालिकाको उप निर्वाचनमा यस पटक पनि जित्ने दाबी कम्युनिष्टको छ ।
साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पार्टी अझ दह्रिलो भएको नेकपा यस पटक पनि भारी मतले आफ्नो विजय हुने दाबी गर्दै आइरहेको छ । विगतको मतको आधारमा आफूले चुनाव जित्न नेकपाको दाबी छ ।
नेकपाबाट मेयरको प्रत्यासी प्रकाश राईले स्व. तारा सुब्बाले वितगमा गरेका प्रतिबद्धता प्रतिबद्धता पूरा गर्न आफू उमेद्वार बनेको बताउनुभयो । त्यसबेला अधुरा रहेको धरानको बसपार्क, खानेपानी परियाजना, एयरपार्ट लगायतका धेरै गुरुयोजनाहरु सफलता पूर्वक सम्पन्न गर्न यसलाई निरन्तरता दिने बताउनुभयो ।
तर नेपाली कांग्र्रेसले भने यस पटकका चुनावका माहौल फरक रहको बताएको छ । नेकपाले धराने जनतालाई ढांड भाचिने गरी गरेको, धरान उपमहानगरपालिकामा भ्रष्टचार र वेथितिले जरा गाडेको भन्दै यसपटक धराने जनताले यसको विकल्प खोज्ने बताउदै यसपटक नेपाल िकांग्र्रेसल लालकिल्ला तोड्ने दाबी कांग्रेसको छ ।
नेपाली कांग्रेसका धरान नगर सभापति एवम् मेयरका प्रत्यासी तिलक राईले यसपटक नेपाली कांग्रेसको जित निश्चित भएको बताउनुहुन्छ । उहाले यसपटक धरानका समग्र विकास, धरान उपमहानगरपालकामा भएको बेथितिका विरुद्धमा नेपाली जनताले परिवर्तन चाहेको र यसपटक त्यो पूरा हुन दाबी मेयरका प्रत्यासी राईको छ ।
यता साना दलहरुले समेत यसपटक आफूहरुको जित सुनिश्चित बन्दै गएको बताउने गर्दछन् । घर दैलोमा व्यवस्त रहेको संघीय लिम्बुवान मञ्चका भने धरानको विजयपुर लिम्बुवानको ऐतिहासिक राजधानी भएकोले प्रदेश नं.१ का राजधानी धरानलाई बनाउने प्रमुख एजेण्डा नै यसलाई मान्दै आएको छ ।
मञ्चका सुनसरी जिल्ला अध्यक्ष एवम् मेयरका पत्यासी अमर इजमले ठूला पार्टीहरुले विकास भन्दा पनि विनासको काम गरेकोले यसपटक जनताले लिम्बुवानलाई जिताउने बताउनुभयो ।
पछिल्लो दुई बर्षको अवधिमा धरान उपमहानगरपालिकामा मतदाताको संख्या समेत बढेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिकामा हाल ९२ हजार ८ सय ५२ मतदाता पुगेका छन् । मतदानलाई सुरक्षित, व्यवस्थित बनाउने धरान १५ रेयुकाइको कार्यालयमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना भइसेको छ ।
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको २०७५ साल साउन १ गते मृगौलामा आएको समस्याका कारण निधन भएपछि रिक्त पदमा उप निर्वाचन हुन लागेको हो ।