जनकपुरमा जल्यो प्रधानमन्त्री केपी ओली र मोदीको पुत्ला - Crazysaptahik.com

जनकपुरमा जल्यो प्रधानमन्त्री केपी ओली र मोदीको पुत्ला

क्रेजी साप्ताहिक । नेपालका प्रधानमन्त्री के.पी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाइएको छ । नेकपा क्रान्तिकारी माओवादीले नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको हो । आइतबार मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र जनगणतान्त्रिक मोर्चा धनुषाले संयुक्तरुपमा जनकपुरको जनक चोकमा दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।

भारतले नेपालको भू–भाग आफ्नो नक्सामा समेटेको र देशका प्रधामन्त्री चुप लागेर बसेको बिरोधमा ओली र मोदीको पुत्ला जलाएको जनगणतान्त्रिक मोर्चा धनुषाका अध्यक्ष नन्दकुमार झाले बताए । पुत्ला दहन कार्यक्रममा मिथिला राज्य समिति सदस्य कमल नरायण चौधरी, नेकपा माओवादी क्रान्तिकारी धनुषाका सेक्रेटरी शीतल कर्ण लगायतको सहभागिता थियो ।

सम्बन्धित खवर