क्रेजी साप्ताहिक । रौतहट घट्नाका प्रत्यक्षदर्शी गौरीशंकर चमारले आलमका व्यक्तिले आफुलाई अपहरण गरेर वयान फेर्न लगाएको बताएका छन् । आफूलाई आलमका व्यक्तिहरुले अपहरण गरेर चार दिनसम्म भारतमा बन्धक बनाएको र एउटा कागजमा सही गर्न लगाएइ त्यही कागज अदालतमा बुझाएको उनले बताएका छन् ।
गौरी शंकरको तर्फबाट सोमबार रौतहट जिल्ला अदालतमा पेश भएको कागजातमा आफूलाई बम विष्फोटको घटनाबारे जानकारी नभएको उल्लेख छ । साथै आफू बम विष्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको विवरण पनि उल्लेख छ ।कांग्रेस नेता मोहमद अफताव आलम २०६४ सालको पहिलो संविधानसभा चुनावको अघिल्लो दिन भएको बम विष्फोटको घटनाका घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको र प्रमाणहरु नष्ट गरेको आरोपमा पक्राउ परेका छन् । उनीविरुद्धको मुद्दा हाल जिल्ला अदालत रौतहटमा चलिरहेको छ ।