क्रेजी साप्ताहिक । लागुऔषध सहित मोरङ र सुनसरीका छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को १३ प ५०६४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका धरान उप(महानगरपालिका(६ का २८ बर्षीय सन्तोष तामाङलाई चेकजाँच गर्ने क्रममा निजले मोटरसाईकलको हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको १५ ट्याब्लेट लागुऔषध नाईट्रोसन बरामद भएको थियो ।
लागुऔषध सहित पक्राउ परेका तामाङलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ । यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका( ४ बाट बिराटनगर(१६ का २४ बर्षीय अजित यादव लागुऔषध डाईलक्स डि.सी.सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले यादवको झोला चेकजाँच गर्दा निजको झोलाबाट ५१ बोतल डाईलक्स डि.सी. बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।