धरानमा हुने चलचित्र महोत्सव स्थगित - Crazysaptahik.com

धरानमा हुने चलचित्र महोत्सव स्थगित

क्रेजी साप्ताहिक
धरान । प्रदेश १ हुने भनिएको चलचित्र महोत्सव अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

निर्वाचन आचारसंहितकाका कारण महोत्सव रोकिएको प्रदेश १ को मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । निर्वाचन आचारसंहिता धरान उपमहानगरपालिकामा पनि लागू हुने भएकाले महोत्सव स्थगित गरिएको मुख्यमन्त्री कार्यालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म धरानमा चलचित्र महोत्सव गरिने भएको थियो ।

प्रेस विज्ञप्ति :

सम्बन्धित खवर