यायोक्खाले काठमाडौ र मोरङबाट थाल्यो किरात नामाकरण अभियान - Crazysaptahik.com

यायोक्खाले काठमाडौ र मोरङबाट थाल्यो किरात नामाकरण अभियान

क्रेजी साप्ताहिक पथरी ।
मोरङ । किरात राई यायोक्खाले प्रदेश १ को नाम किरात राख्न संघीय राजधानी काठमाडौ र प्रदेश १ को मोरङबाट अभियान चलाइरहेको छ । यायोक्खा केन्द्रिय संगठन विभागको आयोजनामा आज (कार्तिक २९) ललितपुरमा संगठनात्मक तथा किरात नामकरण बारे प्रशिक्षण कार्यक्रम सन्चालन गरेको विभाग प्रमुख भीमराज राईले बताए ।

यायोक्खा केन्द्रिय उपमहासचिव समेत रहेका राईको साथै उपाध्यक्ष जीवन हताचो राई, पूर्व उपाध्यक्ष चन्द्रविक्रम राई, किरात राई प्रज्ञा परिषदको कुलपति जयकुमार राई, भोगिराज चाम्लिङ राईले यायोक्खाको संगठन, संस्थाको सक्रियता, भावी योजना, किरात अभियान, संस्कार संस्कृति र मुन्दुमबारे प्रशिक्षण दिएका थिए । यायोक्खाले प्रदेश १ को आगामी हिउँदे अधिबेशनलाई मध्य नजर गर्दै काठमाडौ र मोरङबाट देश ब्यापी किरात जागरण अभियान सुरु गरेको हो । संगठन विभागले कार्तिक २ गते काठमाण्डौमा पूर्व केन्द्रिय उपाध्यक्ष दुर्गा राई र असोज ११ गते भक्तपुरमा केन्द्रीय अध्यक्ष दिवास राई, महासचिव जनक राईको उपस्थितिमा अभियान सन्चालन भएको थियो ।

यता यायोक्खा किरात प्रदेश अभियान उपसमितिको आयोजनामा कार्तिक २६ गते प्रदेशको १४ जिल्लामै आन्तरिक तयारीको लागि अभियान सन्चालन सुरु गरेको छ ।अभियानको संयोजक तिलकप्रसाद राई, केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईको प्रशिक्षण रहेको कार्यक्रममा किरात नामकरण नगरिए कम्तिमा पाँच लाख सडक आन्दोलनमा उतारिने यायोक्खाले चेतावनी दिदै आएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.