इलाम । भारतले अतिक्रमण गरेको नेपाली भुमिमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी–नेकपाको विद्यार्थी भातृसंगठन अनेरास्ववियुले नेपाली झण्डा फहराएको छ ।
भारतीय सिमा सुरक्षा वल (एसएसबि)सँग प्रतिकार गरी इलामको सन्दकपुर गाउँपालिका वडा न. ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले शनिबार नेपालको राष्ट्रिय झन्डा फहराएको हो ।
केही समय अगाडि गांउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाइ निर्माण अवरुद्ध गरि भारतले कब्जा जमाएको उक्त क्षेत्रमा अनेरास्ववियुले झण्डा फहराए अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए । सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतिय सिमा सुरक्षा वल (एसएसबी)ले बल प्रयोग गरेपछि सामान्य झडप समेत भएको थियो ।
झडपमा एसएसबिका एक जवान सामान्य घाइते भएका छन । अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारतद्वारा निशेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन । कव्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस गरेका थिए ।