काठमाडौं । भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपाली क्रिकेट र नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दासको नेतृत्वमा रहेको बालबालिकाको टिमबीच मैत्रीपूर्ण खेल भएको छ ।
युनिसेफको आयोजनामा शनिबार कीर्तिपुरमा भएको खेलमा सचिनको टिम विजयी भएको छ । शनिबार भएको १० ओभरको खेलमा सचिनको टिम ब्लुले विनोदको रेडमाथि ६ विकेटको जित निकालेको हो ।
विनोदको टिमले दिएको ४६ रनको लक्ष्य सचिनको टिमले ८ ओभरमा पूरा गरेको थियो । खेलमा सचिनले ७ रन मात्र बनाएका थिए । दुवै टिममा विभिन्न स्कुलका विद्यार्थी खेलाडीले खेलेका थिए ।
टिम ब्लुको कप्तानी सचिने र टिम रेडको कप्तानी विनोदले गरेका थिए । सचिनले खेलपछि कीर्तिपुरमा आयोजित एक कार्यक्रममा नेपाल क्रिकेट फ्यानको प्रशंसा समेत गरे । युनिसेफको सद्भावना दूत रहेका सचिन बाल अधिकारसम्बन्धी कार्यक्रममा सहभागिता जनाउँन शुक्रबार बेलुका नेपाल आइपुगेका हुन् ।
– थाहा खबर