आफ्नै भाईहरुको कुटाइबाट दिदीको मृत्यु - Crazysaptahik.com

आफ्नै भाईहरुको कुटाइबाट दिदीको मृत्यु

क्रेजी साप्ताहिक
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी बस्ने बर्ष ५१ को बिजय किस्कु र निजको भाई वर्ष ३२ को बिरेन्द्र किस्कुले सोही स्थानमा बस्ने बर्ष ५५ की सिता सोरेनलाई कुटपिट गर्दा उनको मृत्यु भएको छ ।

शुक्रबार साँझ ५ बजेको समयमा उनीहरुले जग्गाको विषयमा वादविवाद गरी झगडा गर्दा सिता सोरेनलाई कुटपिट गरी घाईते बनाएको प्रहरी बरिष्ठ उपरीक्षक शेखर कोईरालाले जनकारी दिए ।

घाईते उनलाई उपचारको लागि बिराट नर्सिङ होम अस्पताल विराटनगरमा लगिएकोमा उपचारको क्रममा राति १० बजे मृत्यु भएको थियो । कुटपिट गर्ने दुबैजना दाजु भाईलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

सम्बन्धित खवर