क्रेजी साप्ताहिक । आपत्तिजनक अवस्थामा होटलमा भेटिएका ९ जोडीलाई बाराको सिमराबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमध्ये कतिपय सरकारी कर्मचारी समेत रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
शनिबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका १ सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा प्रहरीले छापा हानेको थियो । उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा ‘अभद्र व्यवहार’ शीर्षक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।