कानेपोखरी गाउँपालिकामा दुई दिने कार्यशाला - Crazysaptahik.com

कानेपोखरी गाउँपालिकामा दुई दिने कार्यशाला

क्रेजी साप्ताहिक
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा सामरी उत्थान सेवाले दुई दिने स्थानीय विपत व्यवस्थापन योजना निर्माण कार्यशाला सुरु गरेको छ ।

कानेपोखरी गाउँपालिकाको सहयोगमा र सामरी उत्थान सेवाको आयोजनामा गाउँपालिकाको सभाहलमा कार्यशाला सोमबार विपत व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले उद्घाटन गरेका थिए ।

कार्यशाला मंगलबार समापन हुने सामरी उत्थान सेवाले जनाएको छ । तालिमलाई सामरी उत्थान सेवाको कार्यकारी निर्देशक विमला देवी कार्की र रुपेन्द्र बस्नेतले सहजीकरण गरेका थिए । तालिममा स्थानीय विपत व्यवस्थापन कसरी गर्ने र योजना निर्माण कसरी गर्ने सम्बन्धिमा सहजिकरण भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष राजमती इङ्नाम,वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकी,वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत,वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ,वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई र वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी,कर्मचारी, विभिन्न राजनितिक दलका नेता, रेडक्रश सोसाइटी,प्रहरी लगाएतलाई तालिम दिईएको थियो ।

आर्थिक बर्ष २०७५÷०७६मा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा सातवटै वडाध्यक्षहरु सदस्य रहने गरी विपत व्यवस्थापन समिति गठन भएको छ । वडागत समितिमा पनि निर्माण भैसकेको छ ।

गाउँपालिकाले विपत व्यवस्थापन अन्तरगत ४० लाख छुट्याएको र विपत व्यवस्थापनमा गाउँपालिकाले डाँस खोला र चिंसाङ खोलामा २ करोड भन्दा बढी रकम लगानी गरिसकेको गाउँपालिका अध्यक्ष काफ्लेले बताए । कानेपोखरी क्षेत्रमा वडा नं. ५, ६ र ७ मा हात्तीको आक्रमण बढ्दो, डेङ्गो रोग, पशुपन्छी रोग, रुखले खिचेर, आत्महत्या जस्तो विपत पर्ने गरेको अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।

उनले चिंसाङ खोला र डाँसखोला मात्र नभएर बर्खायाममा साना–साना खोलाहरुले पनि विपत निम्त्याउने गरेकोले गाउँपालिकाले यसमा जोड दिएको बताए । एक आर्थिक बर्ष अन्तरालमा कानेपोखरी गाउँपालिकामा १७ जनाले आत्महत्या गरेको बताउँर्दै मोरङ जिल्लामै कानेपोखरी गाउँपालिकामा अध्याधिक धेरैले आत्महत्या गरेको छ ।

सम्बन्धित खवर