५८ किलो चरेससहित पाँच पक्राउ - Crazysaptahik.com

५८ किलो चरेससहित पाँच पक्राउ


क्रेजी साप्ताहिक
५८ किलो चरेससहित प्रहरीले बर्दियाबाट पाँच जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका ७–स्थित भन्सार क्षेत्रबाट सो चरेस आइतबार विहान बरामद गरिएको प्रहरीले जनाएको छ । बर्दियाका प्रहरी नायव उपरीक्षक रामशंकर कोहारका अनुसार पक्राउ परेकाले बोकेको कालो झोलाभित्र प्लाष्टिकले बेरेर लुकाइराखेको अवस्थामा ५८ किलोग्राम चरेस बरामद भएको हो ।

पक्राउ पर्नेमा पूर्वीरुकुम साबिक खबाङ गाविस–८ का ३४ वर्षीय राजकुमार पुनमगर, भुमे गाउँपालिका घर भई हाल मुसिकोट नगरपालिका–१ का २७ वर्षीय जुनतारा पुन, साबिक महत गाविस–२ घर भई हाल भुमे गाउँपालिका बस्ने ३४ वर्षीय सुनथामी बुढामगर, पूर्वी रुकुम साविक तक्सेरा गाविस–९ हाल पुथा उत्तरगंगा गाउँपालिकाका २६ वर्षीया अस्मिता रामजाली र रोल्पा जिल्ला साबिक पाछाबाङ गाविस–८ हाल दुईखोली गाउँपालिका– ८ का २९ वर्षीय खिमप्रसाद रोकामगर छन् । उनीहरूको साथबाट नगद बत्तीस हजार पाँच सय अन्ठान्नब्बे रुपैयाँ र पाँच थान मोबाइल सेट पनि बरामद भएको छ । उनीहरुमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सेतोपाटिबाट

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.