पत्रकार खेम भण्डारी जेल चलान - Crazysaptahik.com

पत्रकार खेम भण्डारी जेल चलान


क्रेजी साप्ताहिक
। कञ्चनपुरका पत्रकार खेम भण्डारी जेल चलान परेका छन् । निर्मला पन्तको करणी पछि हत्याको विषयलाइृ प्रभावित पार्न खाजेको आरोपमा पत्रकार खेम भण्डारी एक घण्टाको लागि जेल चलान भएका छन् । १३ वर्षीया बालिका पन्तको बलात्कार र हत्या काण्डमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी जेल चलान भएका हुन् ।

बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे अदालतमा विचाराधिन रहेको मुद्दा प्रभावित पार्न खोजेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार भण्डारीलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवाना सुनाएको थियो । मानसखण्ड दैनिक पत्रिकाका सम्पादक भण्डारीले जरिवाना र कैदसमेत भुक्तान नगरेको कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका अनुसार उनी एक घण्टापछि उनी रिहा हुनेछन । उनीमाथि निर्मला बलात्कार र हत्या प्रकरणलाई प्रभावित पार्न खाजेको आरोप लाग्दै आएको छ ।

सम्बन्धित खवर