मन्त्रीमण्डल पुनर्गठनप्रति सामाजिक सञ्जालमा ओलिको तिव्र आलोचना - Crazysaptahik.com

मन्त्रीमण्डल पुनर्गठनप्रति सामाजिक सञ्जालमा ओलिको तिव्र आलोचना


प्रेमप्रसाद भटराई(के.डी)
सरकारले मन्त्रीमण्डल पुनर्गठन गरेसँगै यो विषयले सामाजिक सञ्जाल तताएको छ । हिँजो साँझ मन्त्रीमण्डल पुनर्गठन गरेका ओलीको आलोचना हुनुको सवैभन्दा ठुलो कारण गोकर्ण विष्टलाई हटाउनु र प्रचण्डकी बुहारी समेत रहेकी विना मगरलाई यथावत राख्नु रहेको सामाजिक सञ्जालमा भेटिएका प्रतित्रकृयाहरुबाट सहजै बुझ्न सकिन्छ । विष्ट श्रममन्त्री रहेका थिए ।

सरकार आलोचनामा पर्नुको अर्को कारण दुगड ग्रुपका मालिक समेत रहेका उद्योगपति मोति दुगडलाई उद्योगमन्त्रीमा नियुक्त गर्नु रहेको पनि सामाजिक सञ्जालका प्रतिक्रियाहरुबाट अनुमान लगाउन सकिन्छ । प्रचण्डकी वुहारी समेत रहेकी विना मगर विभिन्न विवादित निर्णयका कारण पटक पटक विवादमा आएकी छिन् । हाल यहि कारण तत्कालिन नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताहरुमा समेत असन्तुष्टि रहेको पाइएको छ । उता हटाइएका मन्त्री मातृका यादवले भने आफु मन्त्री पदबाट हट्दा झन खुसि भएको बताएका छन् । उनको प्रधानमन्त्री ओलिसँग मन्त्रीपरिषदमै भनाभन भएको कुरा वाहिरिएको छ । दमकमा बन्न लागेको औद्योगिक पार्क कानुनसम्मत नहुँदा त्यसमा उनी असहमत रहेका थिए । सोहि कारण पनि उनी पदबाट हटाइएको सहज अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित खवर