सृजना चौतारीमा उर्लदैछन् सर्जकहरू - Crazysaptahik.com

सृजना चौतारीमा उर्लदैछन् सर्जकहरू

  • भूमिप्रसाद पाठक

मोरङको पथरीशनिश्चरेबाट साहित्यिक गतिविधि नभएका होइनन् । यो नगर साहित्यिक गतिविधिको उर्वरस्थल पनि हो । यहाँको साहित्यिक गतिविधिले यस नगरको गरिमालाई बढाइरहेको छ, करिब दुई दशकदेखि नै यस नगरमा साहित्यका हरेक गतिविधिले प्रश्रय पाउँदै आएको छ ।

त्यसमा केही वर्षबाट एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा मङ्सिर ७ गते शनिबारका दिन एभरेष्ट बोडिङ् स्कुल सभाहलमा गजलवाचन, कविता वाचन एकल गायन कार्यकम हुनेछ । त्यसमा पनि यस नगरभित्रका आफ्नै माटोमा उत्पादन भएका, आफ्नै स्रष्टाहरु पत्रकार भूपेन्द« तिम्सिनाको एकल गजल वाचनले पनि साथ पाउने छ । आफ्नै स्रष्टाहरुलाई प्राथमिकता दिऊँ भन्ने मनसायले यसचोटी दमदार गजलकारका धनी ब्यक्तित्व तिम्सिनालाई पनि यस कार्यक्रममा गजल पस्कने छन भन्ने आशा गरेका छौ ।

दुई वटा गजल संग्रह प्रकाशित गरेका तिम्सिनाका ‘निर्वाचित चराहरू’ (२०६२) ‘मन उनेर मनसँगै’ (२०६९) हुन् । त्यसैगरी कार्यक्रममा यस नगरका पद्य कविता लेख्नमा सक्रिय कवि रोहित पराईका कविता वाचन पनि यसपालिको श्रृङ्खलमा रुप सुनमा सुगन्ध थपिने अवसर जुटने छ त्यसमा पनि पद्यमय कविता लेखनमा अब्बल पराईको कवितावाचन शैलीले पक्कै पनि हामीलाई मन्त्रमुग्ध पार्नेछ । विभिन्न राष्ट्रव्यापी कविता वाचनमा पुरस्कार थापेका, पराई कविताको क्षेत्रमा नाम नसुन्ने कमै होलान् । यो अवसरमा पराईले पक्कै पनि सदुपयोग गर्नेछन् । पेशाले शिक्षक भएपनि ज्यादै शालीन ओजस्वी पराईको पद्यमय कविताको लगाव निकै रहेको पाइन्छ ।

त्यसरी नै जनआन्दोलनताका जनगायक वीरध्वज शिवा पनि यस क्षेत्रका जनगायक बनेर समाजलाई रुपान्तरण गरिरहेको शिवाको गायिकीपनले पनि यस कार्यक्रमको शोभालाई थप उर्जा प्रदान गर्नेछ । उमेर ढल्किदै गएपनि उनको स्तरमा अझै मिठासपूर्ण भेटिने गर्दछ । जनताका गीत गाएर जनगायकको ट्याग भिरेका शिवा यस क्षेत्रका सबल गायक छन् । उनको प्रस्तुतिले पनि सबैलाई मन्त्रमुग्ध बनाउनेछ । त्यसैगरी नगर बाहिरका दमकबाट आउने प्रकाश आङ्देम्बे वायन पनि यस कार्यक्रम रहनेछ । जसमा आङ्देम्बेका रुवाई वाचनमा अब्बल नै मानिएका उनले दमदार प्रस्तुति दिनेछन् । रुवाई विधामा पनि हामीसाहित्यिक अनुरागीहरुले सुन्न आतुर नै छौँ । त्यसमा पनि बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुली (तारा) को कविता वाचन पनि साथ पाउने छ । त्यसमा पनि कवियित्री पराजुलीको कविता वाचन यस क्षेत्रको नगरपालिकाका साहित्यिक अनुरागीलाई प्रेरणादायी बन्ने छ । उनले पनि हामीलाई कविता वाचनमा मन्त्रमुग्ध बनाउँनेछिन् ।

बेलवारी नगरपालिकाको गरिमामय पदमा पुगेकी पराजुली वाचनशैली पनि अब्बल नै मानिन्छ । सृजना चौतारीको साहित्यिक कार्यक्रमको १४ श्रृङखला अन्तर्गत त्रैमासिक यस कार्यक्रम सह–आयोजक सि.एम.कन्दङ्वा स्मृति कोषले गर्नेछ । यस कार्यक्रमको लागि विगत केही वर्षहरुबाट ‘सृजनात्मक देउसी–भैलो’ खेलेर उठाएको रकमबाट हामीले साहित्यिक कार्यक्रम गरिरहेको छौँ । थप प्रेरणा पाउन बाहिरका स्रष्टा ल्याएर साहित्यिक गतिविधि अझ झाँगिने अवसर मिल्नेछ, भन्ने आशा गरेका छौँ । त्यसमा एभरेष्ट आर्ट फ्युजनका संस्थापक अध्यक्ष सरोजा खड्गीदेखि सम्पूर्ण कार्यसमिति सदस्य र अरु सदस्यहरुको योगदानका कारण आज यस्ता कार्यक्रम हुने अवसर जुरेको छ ।

यस्ता कार्यक्रमले पनि सबैले साथ प्रेरणा दिन आवश्यक छ । यस नगरभित्र भएको कार्यक्रम भएकाले नगरपालिका यस बिषयमा चासो देखाएर थप उत्प्रेरणा दिन आवश्यक छ । साथै कार्यक्रमको अन्त्यमा कलासम्बन्धी कला परिचर्चा रहने छ । यस कार्यक्रममा प्रस्तुतकर्ता वरिष्ट कलाकार कला समीक्षक मुकेश मल्लको रहनेछ । उनी काठमाडौबाट आएका वरिष्ट कलाकार हुन् । उनको कलासम्बन्धी चर्चाले पनि यस कार्यक्रममा स्थान पाउने छ । उनीबाट पनि कलासम्वन्धी ज्ञान पाउने आशा गरेका छौँ, यस पटकको कार्यक्रममा ।

सम्बन्धित खवर