छाडे म्याराडोनाले प्रशिक्षक पद - Crazysaptahik.com

छाडे म्याराडोनाले प्रशिक्षक पद

अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनाले अर्जे्न्टिनी क्लब जिम्नासियाको प्रशिक्षक पद छाडेका छन् ।

उनी जम्मा ७२ दिन प्रशिक्षक रहे । र, प्रशिक्षकका रुपमा जिम्नासियालाई जम्मा तीन जित दिलाए र १३ खेल खेलेको टिम अर्जेन्टिना प्रिमेरा डिभिजनको २२ औं स्थानमा छ ।

पछिल्लो खेलमा अल्डोसिभीलाई ३–० ले हराएपनि म्याराडानो र क्लब अध्यक्ष गेब्रियल पेलेग्रिनोमाथि दबाव कायमै थियो । यदि पेलेग्रिनो क्लबको अध्यक्षन नरहे म्याराडोना पनि हट्ने खबरहरु आएको थियो । उनले मंगलबार पुन चुनाव नलड्ने पक्का गरे ।

पेलेग्रिनोले भने छन्, ‘मैले उनीसँग हिजो कुरा गरेको थिए । उनीले भने कि यदि क्लबले एकमत छ भने बस्छु । तर त्यसो हुन सकेन ।’ आफूहरुले त्यसबारे जानकारी दिए लगतै म्याराडोनाले पनि प्रशिक्षक पदलाई निरन्तरता नदिने निर्णय सुनाएका छन् ।

सम्बन्धित खवर