धरानका राहुल भए मिस्टर फेसन मोडल - Crazysaptahik.com

धरानका राहुल भए मिस्टर फेसन मोडल


क्रेजी साप्ताहिक
धरानका राहुल अग्रवालले भर्खरै मात्र थाईल्याण्डमा सम्पन्न प्रिन्स एंड प्रिन्सेस इन्टरनेसनलमा मिस्टर फेसन मोडलको टाइटल उपाधि हात पारेका छन् । उत्कृस्ट पाँचमा समेत परेका राहुलले उपाधिको घोषणासंगै क्राउन तथा ट्रफी पाएका थिए ।

धरानको दिल्ली पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत १७ बर्षीय राहुल अग्रवालले गत श्रावणमा काठमाडौँ मा सम्पन्न फेस अफ मारवाडीको बिजेता समेत रहेका थिए । राहुलले प्रिन्स एंड प्रिन्सेस इन्टरनेसनलमा ३० देशका प्रतिस्प्रधीहरु संग भिडेका थिए । आफ्नो मिहिनेत र घर परिवार को सपोर्टले अन्तरास्ट्रिय स्तरको कार्यक्रममा यो स्थान सम्म आउनु सफल भएको राहुल बताऊछन् ।

सम्बन्धित खवर