क्रेजी साप्ताहिक । ५ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय सिराहाका प्रमुख रामबाबु मण्डल पक्राउ परेका छन् ।शुक्रबार विहान सेवाग्राहीबाट घुस लिँदालिँदै उनी कार्यालयबाटै पक्राउ गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले अनलाइनखबरलाई बताए । सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए । त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारमा उजुरी परेको थियो ।