सवारी दुर्घटनामा परि एक जनाको मृत्यु एक जना घाईते - Crazysaptahik.com

सवारी दुर्घटनामा परि एक जनाको मृत्यु एक जना घाईते

क्रेजी साप्ताहिक उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका – ९ भिमा स्थित मदन भन्डारी स्मृति लोकमार्गमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

शु्क्रबार बिहान पौने १२ बजेको समयमा बेल्टारबाट गाईघाट तर्फ जादै गरेको को ४ प ३८३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किएर दुर्घटना हुदा मोटरसाईकल चालक सुनसरीको कालाबन्जर गाउँपालिका–३ का २३ वर्षिय दिपक बि.क र मोटरसाईकलमा पछाडि सवार सोही स्थान बस्ने निजकै दाजु बर्ष २४ को रमेश बि.क घाईते भएका थिए । घाईते दुबैजनाको प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भईरहेकोमा मोटरसाईकल चालक दिपकको दिउँसो साढे १२ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

सम्बन्धित खवर