प्रदेश नं १ स्तरीय अन्तर कलेज टेबल टेनिस प्रतियोगिता सम्पन्न - Crazysaptahik.com

प्रदेश नं १ स्तरीय अन्तर कलेज टेबल टेनिस प्रतियोगिता सम्पन्न


क्रेजी साप्ताहिक ईटहरी । इटहरी टेबल टेनिस एकेडेमीले आयोजना गरेको १ नं.प्रदेस स्तरीय अन्तर कलेज टेबल टेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । गत मंसिर ५ गते देखि सुरू भएको टेवलटेनिस ७ गते सम्पन्न भएको हो ।

एकेडेमीको कबर्डहल ईटहरीमा सम्पन्न भएको उक्त खेलमा महिला तर्फबाट सिंगल खेलमा धरानकी गीता भुजेल डबलमा अरनिको बिराटनगरका समृद्धि लुईटेल र पुस्पा पुडासैनिले जित हासिल गरेका छन भने पुरूष तर्फ सिंगलमा kmc बिराटनगरका बोदित डि.सी. र डबल तर्फ kmc बिराटनगरकै बोदित डि.सी. र राहुल साह बिजेता घोषित भएका छन ।

बिजेता तथा उप बिजेताहरूलाई नगद पुरस्कार सहित मेडल , ट्रफी , प्रमाण पत्र बितरण गरिएको आयोजक समितिका युगप्रिय निरौलाले बताउनु भयो ।एकेडेमीका अध्यक्ष राजेश भट्टराईको अध्यक्षतामा भएको समापन तथा पुरस्कार बितरण कार्यक्रमको प्रमुख अतिथि ईटहरी नगर उप(प्रमुख लक्षमी गौतम अतिथिहरू उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल सुब्बा , ९ नं.वडा सदस्य कुमारी न्यौपाने , २ नं.लेबल कोच बिकेन थापा , अखिल नेपाल टेबल टेनिस संघका के.स. अनुज बानिया , समाजसेवी रोशन सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर