सृजना चौतारीमा उर्लिए चार सर्जक - Crazysaptahik.com

सृजना चौतारीमा उर्लिए चार सर्जक


भूमिप्रसाद पाठक
पथरी । सृर्जना चौतारीको १४ औ श्रृङ्खलाको त्रैमासिक कार्यक्रम अन्तर्गत मोरङको पथरीशानिश्चरे– १ को एभरेष्ट बोडिङ्ग स्कुलको सभाहलमा शनिवारका दिन साहित्यिक कार्यक्रम सम्पन्न भएको थियो । एभरेष्ट आर्ट पयुजनको मुख्य आयोजना र सि.एम.कन्द्ङवा स्मृति कोषको सहआयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रमकै सुरुवातमा बेलबारी नगरपालिकाको उपप्रमुख समेत रहेकी तथा सर्जक ढाकाकुमारी (तारा) पराजुलीले ‘पहाड र आमा’, ‘असिमीत उपहार’, ‘वृद्धाश्रममा आँसु’ र ‘गिटी कुट्ने दिदि’ जस्ता मर्मस्पर्शी गद्य कविता सुनाएकी थिइन् । त्यसैगरी अर्का सर्जक प्रकाश आङ्देम्बेले रुवाईबाट वाचन सुरु गरे,तीन गजलका शेरहरु भ्याएका आङ्देम्बेले अन्त्यमा ‘प्रश्न’ भन्ने कविता सुनाएका थिए । त्यसरीनै पुराना जनगायक वीरध्वज शिवाले ‘जाग उठ लम्क….’ं बोलका गीतबाट आफनो गायन सुरुवात गरेका गायकले दिनभरी जसो साहित्यकारहरुलाई भरपूर आनन्द दिलाए । साथमा सादित्यप्रेमीले ताली बजाएर शिवालाई हौसला बढाएका थिए ।

सोही कार्यक्रमा कवि एवम् गजलकार भूपेन्द्रराज तिम्सिनाले ४ थान दमदार गजल पस्कन भ्याए । शक्तिशाली गजल पस्केका तिम्सिनालाई हलमा बसेका साहित्यकारले साथ पनि दिएका थिए ।

त्यसैगरी अर्का सर्जक रोहित पराईको छन्दोबद्ध कविता ‘प्यारो छ, नेपाल योे’ र ‘युुवालाई आह्रवान’ जस्ता देशप्रेम र राष्ट्रप्रेमले भरिएका कविता सुनाउन भ्याए । दिनभरि एभरेष्ट स्कुलको सभाहल गजलमय, कवितामय, संगितमय भइरहयो । प्रमुख अतिथि समेत रहेका पथरी शानिचरे नगरपलिकाका प्रमुख दिलीपकुमार राईले नगर क्षेत्रको कला र साहित्यको विकासका लागि सहयोग पु¥याउने धारणा राखेका थिए । उक्त कार्यक्रममा वरिष्ठ चित्रकार एवम् समीक्षक मुकेश मल्ल्ले समसामयिक कलामाथि परिचर्चा गरेका थिए ।

सोही कार्यक्रममा ५ जना प्रस्तोता तथा वडा नं ३ को पाथीभरा भजन किर्तन मण्डली र पिपलचोक संगीनी समूहलाई सम्मानित गरिएको थियो । साथै एभरेष्ट आर्ट फ्युजनले गरेको ‘सृजनात्मक देउसी भैलो’ कार्यक्रमको सहभागीलाई प्रशंसापत्र समेत वितरण गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता एभरेष्ट आर्ट फ्युजनका अध्यक्ष षडानन्द (निश्चल) सुवेदीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सोही समूहका सहसचिव दिपक ढुङ्गाना ‘दियालो’ले गरेका थिए ।

सम्बन्धित खवर