साना किसानको अध्यक्षमा निरौला - Crazysaptahik.com

साना किसानको अध्यक्षमा निरौला

क्रेजी साप्ताहिक
कानेपोखरी । मोरङ कानेपोखरी–६ मा अवस्थित साना किसान कृषि सहकारी संस्थाले आफ्नो चौथो वार्षिक चुनावी साधारण सभा सम्पन्न गरेको छ ।

आफ्नो साधारणसभा सम्पन्न गर्दै संस्थाको अध्यक्षमा कल्पना भण्डारी निरौला र उपाध्यक्षमा पदम कुमारी गुरुङ निर्वा्चित भएको नाम सार्वजानीक गरेको छ । यसैगरी सदस्यहरुमा चन्द्रकला, सुस्मा कुमारी चौधरी, शशिकला कुमारी राजवंशी, इन्द्रकुमारी राजवंशी, राधादेवी कोइराला, इन्द्र कुमारी कार्की, कल्पना भण्डारी, शोभा खनाल, टिकादेवि खड्का, कमलादेवी तिम्सिना निर्वाचित भएको छ ।

संस्थाको सदस्य हुन प्रत्येक समूहमा गएर सदस्य छनौट दुई हप्ता अघि गरेका थिए । छनौट गरिएको सदस्यहरुबाट अध्यक्ष र उपाध्यक्षको टुङ्गो लगाएको हो । संस्थाको समिति छनौट गर्न जिल्ला कृर्षि सहकारी संघ मोरङका अध्यक्ष खगेन्द्र राज भण्डारी र रोहिनीराज भण्डारीले सहयोग गरेका थिए ।

सभामा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले प्रमुख अतिथि र जिल्ला कृर्षि सहकारी संघ मोरङका अध्यक्ष खगेन्द्र राज भण्डारी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममो अध्यक्षता राजमती इङ्नामले गरेकी थिइन् । अन्य अतिथिहरुमा जनएकता साकोसबाट भोला अधिकारी, रमाइलो साकोसबाट टंक बहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर