क्रेजी साप्ताहिक
पथरी । आशा सुब्बा बचाउ अभियान आर्थिक संकलन समिति मोरङले ९० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
आज पथरीको यलम्बर चौकमा पत्रकार सम्मेलनको आयोजना गरी लिम्बुवान नेता बीर नेम्बाङलाई समितिका अध्यक्ष शम्शेर लिम्बुले सो रकम हस्तान्तरण गरेको हो । १० बर्षअघि देखि नेता नेम्बाङको ४६ वर्षीया ४६ पत्नी आशा सुब्बा बोनम्यारो रोगबाट पीडित रहेको छ ।
पीडित सुब्बाको उपचारको लागी मोरङ भरी आर्थिक संकलन गरी पहिलो पटक रकम हस्तान्तरण गरेको सदस्य सागर सुब्बाले जानकारी गराए । जिल्ला इलाम नगरपालिका –५, घर भएको नेम्बाङले आफ्नो पत्नीको उपचारको लागी रु १० लाख रकम खर्च गरिसकेको छ । उनले झापाको हस्पिटल हुर्दै काठ्माण्डौंको वीर अस्पतालमा उपचार गरेका थिए । हाल काठमाडौंमै राखेर अल्का र सिभिल हस्पिटलमा उपचारत छन् ।