उन्नत जातको आलुको विउ वितरण - Crazysaptahik.com

उन्नत जातको आलुको विउ वितरण


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले ७५ प्रतिशत अनुदानमा नगरमा कृषकका लागि उन्नत जातको २० क्विन्टल आलुको विउ वितरण गरेको छ ।

आज (आइतबार) नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला तथा कृषि शाखाका कर्मचारीहरुको सहभागितामा वडा वडाका लागि आलुको विउ वितरण गरिएको हो ।

जनकदेव जातको उन्नत आलुको विउ १० वटा वडाका लागि प्रति वडा २ क्विन्टलका दरले प्रदान गरिएको छ । कृषकहरुलाई वडा कार्यालयमार्फत वितरण गरिनेछ ।

सम्बन्धित खवर