एन्टिवायोटिकका विषयमा प्राविधिकसँग अन्तरक्रिया - Crazysaptahik.com

एन्टिवायोटिकका विषयमा प्राविधिकसँग अन्तरक्रिया


क्रेजी साप्ताहिक पथरी । पशुहरुमा प्रयोग हुने एन्टिबायोटिक्स रेसिडियु, एन्टिबायोटिक्स रेसिस्टेनस, प्रुडेनेटयुज अफ एन्टिबायोटिक्स सम्वन्धमा मोरङको पथरीशनिश्चरे नगरपालिका पशुपन्छी शाखाले अन्तरक्रिया गरेको छ ।

४ नम्वर वडा कार्यालयमा आयोजित पशु सेवामा कार्यरत प्राविधिकहरुसंगको सो सम्बन्धि अन्तरक्रिया कार्यक्रमको नगर प्रमुख दिलिपकुमार राईले उदघाटन गरे । कार्यक्रममा नगरमा रहेका ३५ जना पशु प्राविधिकहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा विषय विशेज्ञ डा निशान्त शाह, हेमचन्द्र दाहाल, पर्वत शाह, गणेश शिवाकोटी लगायतले विषय बस्तुमाथी प्रष्ट पारे ।

सम्बन्धित खवर