यसकारण निकालिए ज्ञानेन्द्र शाही नेपालका लागि नेपाली अभियानबाट - Crazysaptahik.com

यसकारण निकालिए ज्ञानेन्द्र शाही नेपालका लागि नेपाली अभियानबाट


क्रेजि साप्ताहिक

पछिल्लो समय विभिन्न घटनाबाट चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई  नेपालका लागि नेपाली अभियानले निस्कासन गरेको छ ।

बुधबार बसेको अभियानको केन्द्रीय कार्यसमितिको बैठकले आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने शाही गणतान्त्रिक व्यवस्थाका पक्षमा लागेकाले  हटाएको प्रमुख अभियन्ता तथा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बताए

‘हामी अहिले भएको भ्रष्टाचार र विकृति संसदबाट अनुमोदित राजतन्त्र भएमात्र हट्छ भन्नेमा विश्वास राख्छौं, उहाँ अहिलेकै गणतान्त्रिक व्यवस्थाका पक्षमा लागेपछि निकालिएको हो,’ न्यौपानेले भने।

पहिलो पटक सुर्खेतमा प्रहरीसँग झडप गरेर पक्राउ परेका शाहीले पछिल्लो समय भदौ २८ गते नेपालगञ्ज विमानस्थलमा ढिला गरेर यात्रु कुराएको भन्दै पर्यटन मन्त्री योगेश भट्टराईलाई जहाजभित्रै थर्काएका थिए।शाहीमाथि असोज ११ गते चितवनको भरतपुरमा कुटपिट भएको थियो।

सेतोपाटीबाट

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.