मोरङ प्रहरीकै फेसबुक पेज ‘ह्याक’ - Crazysaptahik.com

मोरङ प्रहरीकै फेसबुक पेज ‘ह्याक’


क्रेजी साप्ताहिक विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज ह्याक भएको छ । केही दिनयता ह्याकरले प्रहरीको फेसबुक पेज ‘डिष्ट्रिक्ट पुलिस अफिस मोरङ’ बाट स्पेनिश र रसियन भाषाका फिल्महरू लाइभ गर्दै आएका छन् ।

प्रहरीले उक्त पेजका माध्यमबाट दैनिकजसो हुने घटना र दुर्घटनाबारे जानकारी तथा समाचार प्रयोजनका लागि सूचना प्रवाह गर्दै आइरहेको थियो । १५ हजार बढीको लाइक र २५ हजार बढीले फलो गरेको प्रहरीको फेसबुक पेज ह्याक भएपछि मोरङ प्रहरीले गत आइतबार यता कुनै पनि सामग्री पोष्ट गर्न सकेको छैन । मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउजूको नामको फेसबुक पेजसमेत ह्याकरले ह्याक गरेर अश्लील सामग्री र तस्वीरहरू राखिदिएका छन् । ह्याक भएको जानकारी पाउने बित्तिक्कै केन्द्रीय साइबर अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।

पूर्वेली न्यूजबाट

सम्बन्धित खवर