
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरेस्थित नगर अस्पताललाई थप व्यवस्थित बनाउने सन्दर्भमा अस्पताल व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
नगर प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका प्रमुख संरक्षक दिलीपकुमार राई (किशोर)को उपस्थितिमा सम्पन्न बैठकले अस्पताललाई थप व्यवस्थित बनाउने सन्दर्भमा निर्णय गरेको समितिका अध्यक्ष यामप्रसाद गुरागाईंले जनाउनु भयो ।
स्वास्थ्य विमा कार्यक्रमबाट तोकिएको प्रथम विन्दुबाट प्रदान गरिने औषधिको सूची तयार गरी प्रकाशित गर्ने, अस्पतालका लागि आवश्यक मेडिकल अफिसर, रेडियोग्राफर, लेखापाल र फार्मेसी असिस्टेन्टको व्यवस्थापनका लागि नगरपालिकासँग माग गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यस्तै, कोरोना संक्रमणका कारण केही समय दैनिक सञ्चालनमा कठिनाइ रहेको नगर अस्पतालको सेवा सुचालु गर्ने र वडाको सिफारिसमा लक्षण देखिएका विपन्न वर्गको मात्र कोरोना पीसीआर परीक्षणको प्रवन्ध गर्ने बैठकले निर्णय गरेको छ ।

