
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे १० नम्वर वडा कार्यालयले हिँडडुल गर्न नसक्ने वडाका असक्तहरुका लागि घर घरमा गएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ ।
चालु आर्थिक वर्षको प्रथम चौमासिक किस्ताका रुपमा आज जिरिखिम्ती, ऐयावारी, चौकीडाँडा सहितका १८ जनाका लागि घरमै पुगेर भत्ता वितरण गरिएको हो ।
कार्यवाहक वडाध्यक्ष मैनादेवी फूँयल आचार्यको अगुवाईमा कुमारी बैंक पथरी शाखाका कर्मचारीहरुमार्फत भत्ता वितरण गरिएको हो । हिजो २ जनालाई यसखाले भत्ता वितरण गरिएको थियो । वडाले दशैं अघि पनि केही व्यक्तिहरुलाई घर घरमा गएर र दशैं अघि १ दिन वडा कार्यालयबाटै भत्ता वितरण गरेको थियो । वडा नम्वर १, ६ र ७ सहितले पनि दशैं अघि वडा कार्यालयमार्फत भत्ता वितरण गरेको थियो ।

