हरियालीको १५ औं साधारणसभामा विविध क्षेत्रका व्यक्तिहरु सम्मानित - Crazysaptahik.com

हरियालीको १५ औं साधारणसभामा विविध क्षेत्रका व्यक्तिहरु सम्मानित

क्रेजी साप्ताहिक
पथरी । सन्चारकर्मीलाई सम्मान, विद्यार्थीलाई छात्रवृत्ति तथा समूहको विभिन्न ब्यक्तिहरुलाई पुरस्कृत गर्दै मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १५ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

हरियाली वन संघीय वन मन्त्रालयले प्रदान गर्ने वि.सं. २०७६ सालमा वन व्यवस्थापनमा देशभरका झण्डै २३ हजार सामुदायिक वनहरुलाई उछिन्दै राष्ट्रव्यापी गणेशमान सिंह सामुदायिक वन प्रथम पुरस्कार जित्न सफाल भएको थियो ।

हरियालीलाई उत्कृष्ट बनाउन कलमको माध्यमबाट सहयोग पु¥याएकोमा ब्लाष्ट टाइम्स दैनिकको पथरी संवाददाता, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा र क्रेजी साप्ताहिकका साम्पादक÷प्रकाशक तथा नेपाल पत्रकार महासंघ मोरङको सह–सचिव सन्तोष राईलाई सम्मान गरेको हो । पत्रकारद्वयलाई साम्मन पत्र र मायाको चिनो स्वरुप खुकुरीले सम्मान गरेको हो ।

कार्यक्रममा उपभोक्ताको छोरीहरु वन बिज्ञान अध्ययनरत मनिका पाण्डे र आँखा स्वास्थ्य सम्बन्धी अध्ययन गरेका चिना लिम्बुलाई जनही एक लाखको दरले छात्रवृत्ति प्रदान गरेका हुन् । समितिका टोला प्रमुखहरु डम्बर श्रेष्ठ, तिर्थमाया सार्की, वन हेरालुहरु हर्कबहादुर राई, मंगलसिंह चेम्जोङ, जेष्ठ नागरिक वीरबहादुर राई, गौरीप्रसाद रिजाल, धनमाया राईलाई २१ सयको दरले र सम्मान पत्रले सम्मान गरेका हुन् ।

उद्घाटन कार्यक्रममा सन्चारकर्मीको टिमले निर्माण गरेको वृतचित्र ‘हरियाली वन २०७७’ हस्तान्तरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नगरपालिका हरियाली वनले ल्याएको पर्यटन सम्बन्धी कार्यक्रममा सहकार्य गर्ने बताए ।

कार्यक्रमको विशेष अतिथि सामुदायिक वन उपभोक्ता महासंघको १ नम्बर प्रदेश सचिव अग्नि पौडेलले सामुदायिक वन उद्यममुखी बन्नुपर्ने जनाए । सामुदायिक वन पहिला संरक्षणमुखी भए पनि अब उपभोक्ताहरुलाई रोजगार दिने उद्यम मुखी हुनुपर्ने बताए । महासंघको मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राईले महासंघको आन्दोलनको कारण तेहेरो कर हटाइएको बताए । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईले सामुदायिक वनहरुले काठ दाउरा प्राप्त गर्ने उपभोक्ताहरुको वितरण बार्षिक प्रतिबेदन र वन कार्यालयलाई बुझाउन थालिए थप पारदर्शी हुने दुझाव दिए । कार्यक्रममा सव डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिन लगायतले शुभकामना दिएका थिए ।

समूहको अध्यक्ष काबुलबहादुर मगरले प्रगति विवरण र भावी योजनाबारे बताएका थिए । कार्यक्रम सहसचिव रमेश दाहाल र लेखा संयोजक केसब दहाले सन्चालन गरेका थिए । साधारणसभाले तेस्रो कार्यकालको लागि अध्यक्षमा पुन काबुलबहादुर मगर (बिकास) सर्बसहमत निर्वाचित भएका छन ।

सचिवमा निर्मला चौहान, केशब दाहाल, सह–सचिवमा सुमित्रा थाङ्देन पनि सर्बसहमत चयन भएका छन । कोषाध्यक्षमा भने पुरानै दिलबहादुर तामाङ र बिष्णु बोगटी बीच निर्वाचन भएको छ । यो समाचार तयार पर्दासम्म मतदान भइरहेको थियो । सदस्यमा नौ वटा टोल समितिले सिफारिसमा आउने बताइएको छ । हरियालीले पर्यटन बिकासको लागि हरियाली सामुदायिक वन कम्पनी दर्ता गरी २० करोडको पहिलो किस्ता स्वरुप एक करोड संस्थागत शेयर रकम संकलन गरिसकेको छ । कम्पनीमा पथरीशनिश्चरे नगरपालिकाले समेत शेयर लगानी गरेको छ ।

तस्विरहरु : करण धिताल

सम्बन्धित खवर