पथरी शनिश्चरेमा नगरस्तरीय प्रिमियर लिग २०७७ हुँदै, मोफसलकै लिग प्रथम हुने आयोजकको दाबी - Crazysaptahik.com

पथरी शनिश्चरेमा नगरस्तरीय प्रिमियर लिग २०७७ हुँदै, मोफसलकै लिग प्रथम हुने आयोजकको दाबी

क्रेजी साप्ताहिक
पथरी । प्रिमियर लिग अंग्रेजी फुटबल संघ आवद्ध फुटबल क्लबहरूको व्यावसायिक लिग हो । यो लिग अंग्रेजी फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा मानिन्छ । नेपालमा काठमाडौंमा हुने लिगहरु मात्र सञ्चालनमा छन् । मोफसलमा भने पथरी शनिश्चरे नगरपालिकामा प्रथम पटक सञ्चालन गरिदैछ ।

मोरङको पथरीशनिश्चरे नगरपालिकामा मंसिर तेस्रो सातादेखि नगर स्तरीय प्रिमियर लिग प्रतियोगिता हुने भएको छ । पथरीमा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग कमिटीले विहिबार (आज) पत्रकार सम्मेलनको अयोजना गरी नगर स्तरीय प्रिमियर लिग हुने बारे सार्वजनिक गरेका हो ।

सो लिगको विजेता टिमले १ लाख ७५ हजार र उपविजेता टिमले ७५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजकले जानकारी गराएको छ । प्रिमियम फुटबल लिगमा पथरीका ८ वटा क्लबले भाग लिएका छन् । प्रतियोगितामा पथरी शनिश्चरे नगर भित्र रहेका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टी क्लव, १० नवदय फुटबल क्लब, सिरिजंगा फुटबल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यू स्टार फुटबल क्लब गरी जम्मा आठ वटा क्लबले सहभागिता जनाउने आयोजक समितिका सचिव मनी लुम्फुङ्वा लिम्बुले जानकारी गराए ।

लिग प्रतियोगीतामा सहभागी क्लवले नगद १० हजार शुल्क खेल आयोजकलाई बुझाउनु पर्नेछ । प्रतियोगितामा १२ लाख खर्च हुने आयोजक कमिटीका अध्यक्ष संजिव गिरीले बताए । ८ वटा टिममा १८ जनाको दरले १ सय ४४ जना खेलाडी छनौट हुदै व्यवसायी हुने बताइएको छ ।

एउटा क्बलले सवै खेलमा पराजित हुदै गएपनि खेल अवधिभर ३ पटक खेल्न पाउनेछन् । खेलमा वेस्ट गोल रक्षक, वेस्ट डिफेन्स, वेस्ट मिड फिल्डर, वेस्ट फरवाड, वेस्ट प्लेयर, वेस्ट कोच र वेस्ट गोलकर्तालाई पनि ५ हजारको दरले पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।
यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच प्रदान गरिने भएको छ । खेल १५ सम्म दिन चल्नेछ ।

नगरपालिका क्षेत्र भित्रको खेलाडीहरुलाई व्यवसायिक बनाउँदै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले मोफसलमा प्रथम पटक प्रिमियर लिगको आयोजना गरेको आयोजकले बताएको छ । पथरीमा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग कमिटिले धेरै मेहनतका साथ शुष्म अध्ययन गरी खेलको तयारी गरिएको हो । खेल खेल्न चाहाने इच्छुक खेलाडीहरुको लागि नगरको १० वटै वडामा फारम भराइएको थियो । १० वटा वडाबाट ३ सय ५० जना खेलाडीले फारम भरेका थिए ।

प्रतियोगीतामा प्रत्येक क्लबले मार्की खेलाडी सहित १८ जना खेलाडी छनौट गर्नु पर्नेछ । आयोजकले प्रत्येक खेलाडीको मूल्य रु ३ हजार देखि ८ हजार सम्म राखिदिएको छ । यसअघि प्रत्येक क्लबले एक जना मार्की खेलाडी छनौट गरिसकेको छ । अन्य खेलाडी आयोजकको कार्यक्रम अनुसार प्रोजेक्टर मार्फत फोटो,उमेर, उचाई र स्थान हेरेर रकम वढाबडमा खेलाडी खरिद गरी १८ जना पु¥याउने आयोजक कमिटीले जानकारी दिएको छ ।

सम्बन्धित खवर