पथरी शनिश्चरे फुटबल प्रिमियर लिग मंसिर तेस्रो सातादेखि - Crazysaptahik.com

पथरी शनिश्चरे फुटबल प्रिमियर लिग मंसिर तेस्रो सातादेखि

क्रेजी साप्ताहिक
पथरी । अहिले मोरङको पथरी शनिश्चरे नगरपालिकाभरि कुरा फुटबलकै चलिरहेको छ । हुन कोभिड १९ ले प्रत्यक्ष असर गरेपनि स–सानो चिया पसल र चौतारीमा पथरी शनिश्चरे प्रिमियर लिग २०७७ कै कुरा चलेको देखिन्छ । कुन फुटबल क्लबमा कुन खेलाडी छन् ? कोच को हो ? र क्याप्टेन को हो ? यस्तै प्रश्नोत्तर भइरहेको देखिन्छ । अब भने पथरी शनिश्चरे फुटमय हुने भन्दा अत्युक्ति नहोला किनकि मंसिर २५ गतेदेखि प्रिमियर लिग सुरु हुँदैछ ।

पथरी शनिश्चरे नगरलाई यसरी फुटबलमय बनाउन पथरी शनिश्चरे फुटबल प्रिमियर लिग कमिटी दिनरात नभनी लागि परेको छ । उक्त कमिटीले फुटबलको इतिहासमा नयाँ आयाम थप्दै प्रथम पटक ‘लिग नकआउट’ प्रतियोगिता गराउँदैछ । प्रतियोगिता पथरी शनिश्चरे नगरपालिका–१ जाँतेमोडमा अवस्थित ‘पथरी रंगशाला’मा हुँदैछ ।

प्रिमियर लिगको लागि आयोजक समितिले ८ वटा टिम छनौट गरेर दर्ता गरिसकेको छ । प्रतियोगिता प्रतिष्प्रर्धा होस भन्ने उद्देश्यले एक एक जना मार्की खेलाडी गोला प्रथाको आधारमा आयोजकले नै क्लवहरुलाई दिएका छन् ।

प्रतिष्प्रर्धी क्लवहरु र पोल :
खेलको पहिलो लिग चरणमा ‘ए’ पोलबाट हिमा.अस. हाइवे एफ.सी., शिखर एफ.सी., हेरिका न्यु स्टार एफ.सी., सिरिजंङ्गा एफ.सी.को प्रतिष्प्रर्धा हुनेछ ।
यसैगरी ‘बी’ पोलमा १० नवोदय, देविगञ्ज एफ.सी., वाइजीएफटी र द रियल ब्रोदर्श भिड्नेछन् । दुवै टिमबाट उच्च अंक ल्याउने दुई दुई टिम नकआउट चरण भिड्नेछन् । त्यस बाहेक आठ टिममा १ सय ४४ जना खेलाडी अक्सन मार्फत् क्लवले लिएर तालिम गराइरहेका छन् ।

प्रतियोगी क्लवको कोच र खेलाडीहरू को कहा छन् ?
लिग जित्न हरेक क्लवले टिम कोच नियुक्त गरेर प्रशिक्षण (क्लोज क्याम्प) सुरु गरिसकेका छन् । हिमा.अस. हाइवे फुटबल क्लवले रुपेश तामाङलाई कोचको भूमिका दिएका छन् । यो टिममा मनोज गुरुङ, असिम राई, दावा तामाङ लगायतका खेलाडी मैदानमा उत्रिने छन् ।

शिखर फुटबल क्लबमा सुजन बस्नेतले कोचको भूमिका निर्वाह गर्नेछन् । यो टिमबाट चन्द्रप्रसाद लिम्बु, दिलिप धिमाल लगायतका खेलाडीहरु रहेका छन् । यस्तै हेरिका न्यु स्टारमा बिरोज मगर कोच रहेका छन् भने मिन धिमाल, भविन धिमाल, विशाल दर्लामी मगर लगायतका खेलाडी मैदानमा उत्रिने छन् ।

सिरिजंङ्गा फुटबल क्लवमा शन्त आङ्देम्बेले कोचको भूमिका निर्वाह गरिरहेका छन् भने सुवास तामाङ, मन्जिल खड्का, सनम धिमालको टिम मैदानमा उत्रिने छन् ।
१० नवोदयमा साजन काङ्बा कोच रहेका छन् । अर्जुन बस्नेत सेनेहाङ लिम्बु, संजिव कुरुम्बाङ लगायतको टिम मैदानमा उत्रिने भएका छन् । देविगञ्जले मदन
राईलाई कोचको रुपमा खटाएको छ । यो टिममा सन्तोष न्यौपाने, दीपक राई, युकेश तामाङ लगायतका खेलाडी रहने छन् । वाइ.जी.एफ.टी.मा कोचको भूमिका जोन सुब्बा छन् भने मन्दिप धिमाल, निर्मल एङ्देन, चेतन खतिवडा मैदानमा उत्रिने छन् । द रियल ब्रोदर्श टिमको कोच सागर कार्की रहेका छन् भने तिर्थराज बस्नेत, अनिलकुमार चुडाल, विशाल पाण्डे लगायतका खेलाडी यस क्लबमा रहनेछन् ।

प्रशिक्षणमा पाच वटा ग्राउण्ड व्यस्त :
पहिलो लिग जित्न ८ वटै टिमले आफ्ना खेलाडीहरूलाई क्लोज क्याम (प्रशिक्षण) सुरु गरिरहेको छ । त्यसका लागि पथरी शनिश्चरे नगरपालिकामा रहेको ५ वटा खेल मैदान अहिले ब्यस्त रहेको छ । पथरी रंगशालामा हिमअस हाइवे टिमले तालिम गरिरहेको छ । १० नम्बर वडाको जिरिखिम्तीमा द रियल ब्रोदर्श र वाइजीएफटी टिमले बिहान बेलुका समय मिलाएर अभ्यास गरिरहेको छ । वडा नं. १० कै ऐयाबारी खेल मैदानमा शिखर र १० नवोदय फुटबल क्लवले प्रशिक्षण
गरिरहेका छन् ।

यसैगरी देविगञ्ज एफ.सी. र सिरिजङ्घा फुटबल टिमले समय मिलाएर २ नम्बर वडाको बोक्रेचौक खेल मैदानमा तालिम दिइरहेका छन् । हेरिका न्यु
स्टारले भने किर्तिपुर खेल मैदानमा अभ्यास गरिरहेको छ ।

लिग भिड्ने क्लवमा क–कस्को नेतृत्व :
नगरपालिका जस्तो सानो स्थानमा फुटबल लिग गराउनु निक्कै चुनौतीको बिषय हुँदै हो । त्यसमा लगानी गरेर खेलाडी लिनु परिहाल्यो ।

पहिलो लिगमा भिड्ने ८ वटा टिम मध्ये देविगंञ्ज एफ.सी. को बिरेन साम्वा र भरत राई, शिखर एफ.सी.मा प्रदिप फुयल र युवराज रायमाझी, सिरिजंङ्गा एफ.सी.मा मनोज आङ्बुहाङ लिम्बु, वाइजीएफटीमा नवीन ढकाल र रुबिन लावतीले क्लवको नेतृत्व गरिरहेका छन् ।

यसैगरी हेरिका न्यू स्टारमा रोहित बास्तोला र दिवश खुजुम, १० नवोदयमा संजय राई र साजन काङ्बा, हिमा. अस. हाइवे क्लबमा उज्जव बस्नेत र कैलाश श्रेष्ठ लगायतले नेतृत्व गर्दै आएका छन् । द रियल ब्रोदशमा संजोक चाम्लिङ राई र अर्जुन राईले प्रतिनिधित्व गरिरहेका छन् ।

फुटबल प्रिमियर लिग कमिटी :

पथरी शनिश्चरे फुटबल प्रिमियर लिग गराउन संजिव गिरीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएर क्रियाशिल रहेको छ । समितिको सहसंयोजकमा बिक्की राई, सचिवमा मणि लुम्फुवा, कोषाध्यक्षमा नामिहाङ्ग राई रहेका छन् । सदस्यहरुमा दीपक पुलामी मगर, दीपक राई, भक्त राई, सुमन कुरुङ्बाङ र रोशन मादेम्बा रहेका छन् ।

आयोजक समितिले मोरङ जिल्ला फुटबल संघमा मंसिर ७ गते ११ नम्बर क्लव दर्ता गरेर फुटबल खेलाउने अनुमति ल्याएर लिग सफलताको लागि सक्रिय रहेका छन् । लिग च्याम्पियएन क्लवले एक लाख ७५ हजार, दोस्रो हुनेले ७५ हजार, ट्रफी र प्रमाण–पत्रहरु प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर