श्रद्धा प्रसाई मोडलिङमै आफ्नो ‘करियर’ बनाउन कम्मर कसेर संघर्ष गरिरहेकी एक नव मोडल हुन् । सुनसरीबाट २ वर्ष अघिदेखि यस क्षेत्रमा संघर्ष गरिरहेकी श्रद्धा आफ्नो कार्यकुशलतले एकपछि अर्को खुड्किला पार गर्दैछिन् । २ वर्ष अघि सुनसरीमा आयोजना भएको फेशन शो बाट श्रद्धा मोडलिङमा ‘डेब्यु’ गरेकी हुन् ।
बाल्यकालमा विद्यालयमा योजना हुने विभिन्न कार्यक्रमहरुमा भाग लिने, टेलिभिजन धेरै हेर्ने, हिरोइनहरुको नक्कल गर्न खोज्ने जस्ता बानीले नै श्रद्धा मोडलिङ्गलाई आफ्नो कैरियर बनाउन पुगेकी हुन् । दुई वर्षे संघर्षपूर्ण यात्रालाई श्रद्धाले यसरी बयान गरिन् ‘सुरु सुरुमा काम गर्न निकै समस्या भयो । तर, पछि बुझ्दै जाँदा मान्छेहरु संग चिनजान हुँदै जाँदा अहिले धेरै नै सहज भएको छ ।
यस क्षेत्रमा राम्रो–नराम्रो दुबै खालको अवस्था छ । मोडलिङ्ग क्षेत्रमा टिक्न म कडा भन्दा कडा मेहनत गर्न तयार छु । म अभिनयको लागि पनि आन्तरिक तयारी गरिरहेकी छु । किनकी यो क्षेत्रमा टिक्न अभिनय त अनिवार्य रुपमा सिक्नु नै पर्छ ।
आफ्नो संघर्षको कथा सुनाइरहेकी श्रद्धाले कुराकानीको क्रममा क्रेजी साप्ताहिकका संवाददाता विरेन्द्रकुमार साहसँग आफू कसैको प्रेममा न परेकी र राम्रो अफर आए सधैंको लागि विहे गर्ने सुनाइन् । उनले अहिले मेरो विहेको समय पनि होइन यो समय कैरियरमा ध्यन केन्द्रि गर्नु हो, त्यसैले प्रेम वा विवाहको विषयमा धेरै चासो नराखेको सुनाइन् ।
- शब्द : बीरेन्द्रकुमार साह