
क्रेजी संवाददाता
केराबारी । केराबारीमा जारी स्व. राजु सोदेन स्मृति कपको आज हुने अन्तिम फाइनल खेलमा १० नवोदय फुटबल क्लब पथरी र झापा फुटबल क्लब बिच भिडन्त हुनेभएको छ ।
शनिबार भएको सेफिाइनल खेलमा फेयर फुटबल क्लव इटहरीलाई ४ गोलको फराकिलो अन्तरले स्तब्ध पार्दै १० नवोदयले फाइनलमा प्रवेश गरेको हो । यस्तै शुक्रबार भएको निक्कै नै प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनल खेलमा फेयर फुटबल क्लव धरानलाई टाइब्रेकरमा स्तब्ध पार्दै झापाले फाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगितामा बसाहा फुटबल क्लब उदयपुर, झापा फुटबल क्लब झापा, विराटनगर स्पोर्टस एकेडेमी मोरङ, टेन नवोदय फुटबल क्लब पथरी, केराबारी फुटबल क्लब आयोजक, फेयर फुटबल क्लब धरान, इटहरी फुटबल क्लब सुनसरी र लेटाङ फुटबल क्लबले सहभागिता जनाएको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र म्यान अफ दी म्याचलाई पुरस्कृत गरिनेछ ।
केराबारी–८ को प्रस्तावित केराबारी रंगशालामा आज दिनको १ बजेबाट औपचारिक कार्यक्रम सुरुवात हुने प्रथम स्व. राजु सोदेन स्मृति कप मूल आयोजक समितिले जानकारी दिएको छ ।

